ज्योति लाइफको साधारण सभा फागुन ६ गते, १० प्रतिशत बोनस लाभांश पारित गर्ने

ज्योति लाइफको साधारण सभा फागुन ६ गते, १० प्रतिशत बोनस लाभांश पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा शुक्रवार (फागुन ६ गते) गर्ने भएको छ ।

कम्पनीले साधारण सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरा १८, कास्कीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।