नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढ्याे

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल टेलिकम कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्म कम्पनीको ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा १८.४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले खुद मुनाफा वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमासिक अवधि सम्ममा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेकोमा चालु आवको सोही अवधि सम्ममा १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ८.३६ प्रतिशत अर्थात १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँ धेरै हो ।

गत आवको द्वितीय त्रैमासिक अवधि सम्मको कुल आय रु. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि सम्ममा कुल आय रु. १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात ६.८७ प्रतिशत) ले वृद्धि भई रु. २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) को मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार रुपैयाँ अर्थात ३.७७ प्रतिशतले वृद्धि भएको हो ।

गत आवका दोस्रो त्रैमास अवधि (२०७७ पुस मसान्त) मा ब्याज, कर र ह्रासकट्टी अघिको नाफा (इबिआईटिडिए) ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रहेकोमा ७७ करोड ५८ लाख ७३ हजार रुपैयाँ अर्थात ९.०१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको सोही अवधिमा इबिआईटिडिए ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ५१.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६२३.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.७६ गुणा र कुल सम्पत्तिको मूल्य १०३२.३५ रुपैयाँ रहेको छ ।