नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

अध्यक्ष पदका लागि गठित सिफारिस समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा रमेश हमाल, दोस्रोमा डा गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेललाई सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये अव एक जनालाई अब मन्त्रिपरिषद बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।  

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।