आज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

आज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्युब आयल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो । 

नेपाल ल्युब आयलको ९० हजार ५३ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५ दशमलव ०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।