जानकी फाइनान्सको साधारण सभा फागुन ७ मा, १५ प्रतिशत बोनस लाभांश पारित गर्ने

जानकी फाइनान्सको साधारण सभा फागुन ७ मा, १५ प्रतिशत बोनस लाभांश पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जानकी फाइनान्स कम्पनीले २५औं वार्षिक साधारण सभा फागुन ७ गते गर्दैछ ।

सभा होटल मानकी इन्टरनेशनल प्रा.लि, शिवचौक जनकपुरधाममा बिहान १० बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा माघ २३ गतेसम्मका कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।