महालक्ष्मी लाइफको ६० करोडको आईपीओ निष्काशन गर्न सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

महालक्ष्मी लाइफको ६० करोडको आईपीओ निष्काशन गर्न सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले जारी पूँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले २०७५ माघ १ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त गरेको थियो । हाल कम्पनीले ६३ वटा शाखा तथा उपशाखा मार्फत १३ वटा बीमा योजनाहरु बिक्रि गर्दै आइरको छ ।