नाडेप लघुवित्तको त्रैमाससम्म खुद नाफा ५५.७५% ले घट्यो

नाडेप लघुवित्तको त्रैमाससम्म खुद नाफा ५५.७५% ले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५५ दशमलव ७५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाख खद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष सम्भावित जोखिम शीर्षकमा १५ दशमलव ७० गुणा बढी रकम छुट्याएका कारण सञ्चालन नाफा ५७ दशमलव ७२ प्रतिशत कम भएको छ । 

गत वर्ष रू. ५३ लाखभन्दा बढी सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले यस वर्ष रू. ८ करोड ३९ लाखभन्दा बढी रकम छुट्याएको छ । गत वर्ष रू. ६ करोड ९४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ९३ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा घटेसँगै खराब कर्जा संकलन यस वर्ष नभएकाले पनि खुद नाफामा कमी आएको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख छ । जगेडा कोष रकम गत वर्षभन्दा ३५ प्रतिशत बढेर रू. ३८ करोड ८२ लाखभन्दा बढी कायम भएको छ । कर्जा सापटी भने गत वर्षभन्दा १२ दशमलव ६६ प्रतिशत कम रू. २ अर्ब ३ करोड रहेको छ । 

कम्पनीले यस वर्ष २० दशमलव ३२ प्रतिशत बढी रू. १ अर्ब ६६ करोड ८७ लाख निक्षेप संकलन गरेको छ भने ८ दशमलव ४७ प्रतिशत बढी रू. ४ अर्ब ६४ करोड ७० लाख कर्जा प्रवाह गरेको छ । 

गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ६ दशमलव २० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ९० रहेको छ ।