नेप्से १०१.२४अंकले घट्यो, आज सबै कम्पनीको शेयरमूल्यमा गिरावट

नेप्से १०१.२४अंकले घट्यो, आज सबै कम्पनीको शेयरमूल्यमा गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको हो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् । आज सर्वाधिक हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । यी समूहको शेयरमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।   

त्यस्तै, आज कारोबार भएका सबै कम्पनीहरुको शेयरमूल्य घटेका छन् । यसमध्ये पनि अप्पर तामाकोशी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३२ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।