इमर्जिङ्ग नेपाल लिमिटेडको आइपीओ मा माग भन्दा बढी आवेदन

इमर्जिङ्ग नेपाल लिमिटेडको आइपीओ मा माग भन्दा बढी आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गते बुधबारदेखि निष्काशन गरेको आईपीओमा करिब १४ लाखको आवेदन परेको छ ।

विहीबार सम्म आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ६० लाख ८५ हजार २७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ३१.१३ गुणा बढी हुन आउछ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले फागुन १ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।