एचआईडिसीएलको ६ महीनाको नाफा ४५ करोडभन्दा बढी

एचआईडिसीएलको ६ महीनाको नाफा ४५ करोडभन्दा बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले चालू आर्थिक वर्षको ६ महीनामा रू. ४५ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ४२ करोड ८३ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५ दशमलव ९१ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीले वित्तीय आम्दानी रू. ६९ करोड ४७ लाखभन्दा बढी गरेको छ । गत वर्ष यो आम्दानी रू. ६७ करोड ९० लाखभन्दा बढी थियो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ७० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७९ दशमलव ७७ प्रतिशत बढी रू. २ अर्ब ७१ करोड ३८ लाख पुगेको छ । नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ  । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ १९ पैसाबाट ३४ पैसा घटेर ४ रुपैयाँ ८५ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा रहेको छ ।