एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा ४१.४६ प्रतिशतले बढ्यो

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा ४१.४६ प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ११ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

वित्तीय आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.३१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल खर्च १०८.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.८० प्रतिशत बढेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९७ पैसाबाट ६१ पैसा बढेर २ रुपैयाँ ५९ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५१ पैसा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.९९ प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ३८.९७ प्रतिशत बढेको छ ।