आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले इन्स्योरेन्सले निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १०७ को आधारमा ४० प्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. ८१९ दशमलव २९ तोकेको हो । आइतवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि फागुन १ गते एक दिन बुक क्लोजको मिति तोकेकाले माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४० प्रतिशत आर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिती तय गरेको हो । कम्पनीले रू. १ सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हालसम्म कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन् ।