सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा सल्यानको सल्ली बजारमा

सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा सल्यानको सल्ली बजारमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सल्ली बजार, वनगाड कुपिण्डे नगरपालिका वडा नं. १ सल्यानमा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । 

सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ र आजको यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनबाट गराइएको थियो । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।