राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ प्रतिशतले बृद्धि

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१ प्रतिशतले बृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ४१.४२ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीले व्यवसाय खस्केको चित्र सार्वजनिक गरेको छ ।

आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उच्च अंकले घटेको छ । गत आवको छ महिना अवधीमा ८५ करोड ८८ लाख ४४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको छ महिनामा ५९ करोड ३५ लाख १४ हजार रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको छ । यद्यपि कम्पनीको खुद बीमा शूल्क आम्दानी भने गत आवकै समान छ । गत आवको छ महिने अवधीमा १२ करोड ८७ लाख आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १२ करोड ८८ लाख खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको खुद दावी भुक्तानी घटेको छ । गत आवमा दुई करोड २५ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको छ महिनाको अवधीमा एक करोड ९२ लाख ३६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको बक्यौता दावी भुक्तानी समेत ३५५.९८ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पाँच करोड बक्यौता रहेकोमा चालु आवको छ महिने अवधीमा २३ करोड छ लाख २८ हजार रुपैयाँ दावी भुक्तानी बक्यौता रहेको छ ।

व्यवसाय खुम्चिदा समेत कम्पनीको मुनाफा ४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा १३ करोड ७४ लाख एक हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको छ महिने समीक्षा अवधीमा १९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी १४५.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५८.११, प्रतिशेयर नेटवर्थ १३१७.२५ रुपैयाँ रहेको छ ।