सानिमा लाइफको नाफा करिब ७० प्रतिशतले बढ्यो

सानिमा लाइफको नाफा करिब ७० प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा लाइफ इन्स्योरेन्सले रू. ९ करोड ३९ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ५ करोड ५४ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको खुद नाफा ६९ दशमलव ३६ प्रतिशत बढेको हो । 

यस वर्ष कम्पनीको आम्दानी ८० दशमलव ८३ प्रतिशत बढेको छ भने ११९ दशमलव ९० प्रतिशत बढी खर्च भएको छ । कम्पनीले रू. १२ करोड ९८ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ५८ लाखभन्दा बढी खर्च गरेको छ । 

कम्पनीले दोस्रो त्रैमाससम्म रू. १ अर्ब १७ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. १३ करोड ८३ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले २१ दशमलव ३३ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो भने ६१४ दशमलव ९२ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब रहेको छ भने जगेडा कोष रकम गत वर्षभन्दा ९३ दशमलव २९ प्रतिशत बढेर रू. ३३ करोड २३ लाखभन्दा बढी कायम भएको छ । 

कम्पनीको जीवन बीमा कोष रकम गत वर्षभन्दा ७३ दशमलव ५२ प्रतिशत बढी रू. २ र्ब ८२ करोड ९५ लाख पुगेको छ । वार्षिक प्रतिशेयर  आम्दानी रू. ९ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ३७ रहेको छ ।