कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो । सो हकप्रद शेयरका लागि लगानीकर्ताले अब फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गरेको हो । यसअघि बैंकले माघ २७ गतेभित्र हकप्रद शेयर भर्न सुचना जारी गरेको थियो । अहिले बैंकले हकप्रद भर्ने म्याद १५ दिन थप गरेसँगै लगानीकर्ताले हकप्रदमा आवेदन दिन थप समय पाएका हुन् ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी 'बी प्लस आईएस' रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल २० करोड रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।