लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५२३८ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रायोजनका लागि ०.४७६१९ प्रतिशत नगद लाभांश रहेको छ ।

माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।