कामना सेवा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजी बीच भुक्तानी तथा फस्र्यौट सम्बन्धमा सहकार्य

कामना सेवा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजी बीच भुक्तानी तथा फस्र्यौट सम्बन्धमा सहकार्य


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।