आज बजार घट्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज बजार घट्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज (बुधबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २२.११ अंकले घटेर २८१३.७४ विन्दुमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर ६ सय ८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, साम्लीङ पावर कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बुटवल पावर कम्पनी, गुराँस लघुवित्त र छ्याङदी हाइड्रोपावर लिमिटेड रहेका छन् ।

\"62038ccdb2279.JPG\"