युनियन हाइड्रोपावरको दोस्रो त्रैमाससम्म नाफामा ५९% ले वृद्धि

युनियन हाइड्रोपावरको दोस्रो त्रैमाससम्म नाफामा ५९% ले वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको सोही अवधिमा ५९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड २३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ९७ लाख पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ३७ लाख विद्युत विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ८८ लाख पुगेको हो । 

त्यसैगरी कम्पनीले अन्य स्रोत मार्फत रू. ५५ हजार आम्दानी गरेको छ । कम्पनीको चुक्तापूँजी रू. ७५ करोड रहेको छ भने जगेडा रू. ५ करोड ६२ लाख ऋणाात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव २७ (वार्षिक) मूल्य आम्दानी अनुपात ७४ दशमलव४६ गुणा ,तरलता अनुपात १० दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव ५० रहेको छ ।