मेगा बैंकको संस्थापक शेयर विक्रीमा

मेगा बैंकको संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर आज (बुधवार) देखि विक्रीमा ल्याएको छ । 

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।