नेशनल मर्चेण्ट बैंकरको नाम परिवर्तन

नेशनल मर्चेण्ट बैंकरको नाम परिवर्तन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल मर्चेण्ट बैंकर लिमिटेडको नाम परिवर्तन भएको छ ।

कम्पनीले नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल लिमिटेड भएको जानकारी गराएको हो । कम्पनीको मंसिर २७ गतेको विशेष साधारण सभा तथा कम्पनी रजिष्ट्रार कार्यालयको माघ १८ गतेको पत्र अनुसार नाम परिवर्तन भएको हो ।

यस भन्दा अगाडि कम्पनीको नाम नेशनल मर्चेण्ट बैंकर लिमिटेड रहेको थियो ।