माउण्टेन इनर्जीले दोस्रो त्रैमाससम्म कमायो साढे ४२ करोड खुद नाफा

माउण्टेन इनर्जीले दोस्रो त्रैमाससम्म कमायो साढे ४२ करोड खुद नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
माउण्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएकोमा ७८८.७३ प्रतिशतले बढेको हो ।

विद्युत बिक्रीबाट आम्दानीमा उच्च सुधार हुँदा कम्पनीको नाफा पनि उत्साहपूर्ण रुपमा बढेको हो । पुससम्म कम्पनीको बिद्युत बिक्रीबाट कुल ६८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा विद्युत बिक्री आय ८ करोड २१ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको माउण्टेन इनर्जी नेपालको प्रतिसेयर आम्दानी १८.८१ रुपैयाँ बढेर २१.६६ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसा मात्र थियो ।

खुद नाफामा आकर्षक सुधार भएपछि कम्पनीको रिटेन्ड अर्निङमा पनि बढेर ८३ करोड १५ लाख रुपैयाँ छ । यसै अवधिमा प्रतिसेयर नेटवर्थ १४२.२५ रुपैयाँ छ ।