सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा साढे ९५ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा साढे ९५ प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९५.६५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि ७३.२८ प्रतिशतले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ८० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ, बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९३ लाख ४५ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ५४.४१ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीले ४५ हजार ७५२ वटा बीमालेख जारी ४६ करोड ११ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै कम्पनीले ९०७ वटा दाबीवापत ९६ करोड रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार २०२ वटा दाबी बापत ४८ करोड ९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।