सेबोनको अध्यक्षका प्रत्यासीबाट पाँच जना भए सर्टलिस्ट, को बन्ला नयाँ प्रमुख

सेबोनको अध्यक्षका प्रत्यासीबाट पाँच जना भए सर्टलिस्ट, को बन्ला नयाँ प्रमुख


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितापत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट तयार भएको छ । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जनाको लिस्ट तयार गरेको हो ।

सोमबार बसेको सिफारिस समितिको बैठकले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल उत्कृष्ट पाँच छनोट गरेको हो ।

त्यसमध्येबाट पनि सिफारिस समितिले ३ जनाको नाम सरकारले पेश गर्नेछ । सरकारलाई पेश गरेको तीन जना मध्येबाट एक जना बोर्डको अध्यक्ष हुनेछन् ।

अध्यक्ष पदको दौडबाट मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अम्गाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्याल बाहिरीएका छन् ।

यसअघि नै सरकारले माओवादी निकट कृष्ण बहादुर कार्कीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ ।

त्यस अनुसार सेबानेको अध्यक्ष नेपाली काँग्रेस निकट छानिने पक्क जस्तै छ ।