समृद्धि फाइनान्सको हकप्रद निष्कासन फागुन ८ गतेदेखि

समृद्धि फाइनान्सको हकप्रद निष्कासन फागुन ८ गतेदेखि


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले रू. १०० अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १० गतेसम्मका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४० हजार ९०० रहेको यस कम्पनीको हकप्रद निष्कासनपछि उक्त पूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २९ गते अनुमति पाएको हो ।