आईपीओ निष्कासनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

आईपीओ निष्कासनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बिहीवार (माघ २७ गते) गर्ने भएको छ । 

सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै, सभाले कम्पनी एने बमोजिम आव २०७६/७७ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी पनि गरीरहेको छ । कम्पनी ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । 

आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई चुक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर बीमा समितिबाट स्वीकृति पाएर, नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।