हिजो भारी अंकले गिरावट आएको नेप्से आज सम्हालियो, कारोबारमा निफ्रा अब्बल

हिजो भारी अंकले गिरावट आएको नेप्से आज सम्हालियो, कारोबारमा निफ्रा अब्बल


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । हिजो ४० अंकले घटेको बजार आज भने बढेको हो । आज नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूलय ८.४२ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ भने छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता ५२४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४.५७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस कम्पनीको आज ४९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।