राष्ट्र बैंकले ९ अर्ब ५० कराेडको २ वर्षे विकास ऋणपत्र बिक्री गर्दै, बोलकबाेल भाेलि

राष्ट्र बैंकले ९ अर्ब ५० कराेडको २ वर्षे विकास ऋणपत्र बिक्री गर्दै, बोलकबाेल भाेलि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले २ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८० (च)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल भाेलि माघ २५ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ । माघ २६ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८० साल माघ २६ गते भुक्तानी हुनेछ । 

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ।

राष्ट्र बैंकको पूर्ण सुचनाः

\"6200cf5ce1433.jpg\"