सिटिजन्स बैंकको डिजिटल बैंकिङलाई सहजता प्रदान गर्न ग्राहक केन्द्रित कल सेन्टर संचालन

सिटिजन्स बैंकको डिजिटल बैंकिङलाई सहजता प्रदान गर्न ग्राहक केन्द्रित कल सेन्टर संचालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै कल सन्टरको सुरूवात गरेको छ । बैंकका ग्राहकहरुले ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्या समाधान शाखामा उपस्थित नभएरै गर्न सकिने जनाएको छ ।

ग्राहकहरूले बैंकको फोन नम्बर ०१–५९७००६८ मा फोन गरेर वा इमेल गरी कल सेन्टरको सुविधा पाउन सक्ने जनाएको छ । कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने बैंकको दावी छ ।

हालका लागि यो सेवा आठ घण्टाको लागि मात्रै उपलब्ध भएपनि आगामी दिनमा समयावधि थप्दै लैजाने बैंकले जनाएको छ । देशभर रहेका १३ लाखभन्दा बढी ग्राहकलाई यो सेवा सुरु भएसँगै बैकसँग थप नजिक हुन सहज हुने बैंकको विस्वास छ ।

सिटिजन्स बैंकले नगदरहित बैंकिङ, व्यक्तिको उपस्थिति विनाको बैकिङ, स्वचालित प्रणालीतर्फ अग्रगामी बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।