मिथिला लघुवित्तले कमायो ६ महीनामा ३ करोड ४६ लाख नाफा

मिथिला लघुवित्तले कमायो ६ महीनामा ३ करोड ४६ लाख नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म (छ महीना) मा रू. ३ करोड ४६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ९६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । साथै सो अवधिमा कम्पनीले रू. १ करोड १६ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।

चुक्तापूँजी रू. १३ करोड ६३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १६ करोड ८० लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १२ करोड सापटि लिएर, रू. ५८ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ९३ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.५० दशलमव ८४, मूल्य आम्दानी अनुपात ३३ दशलमव ६६ गुणा, तरलता अनुपात ६ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२३ दशमलव २९ रहेको छ ।