बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १६ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ११ करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ४६ दशमलव ८५ प्रतिशत बढी भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा ४३ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. १६ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २३ करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा भने रू. ३० करोड ४९ लाखभन्दा बढी छ ।
२० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजार पुर्याएको कम्पनीको रिटेन्ड अर्निङ सहित कुल जगेडा कोष रकम रू. १ अर्ब ९० करोडभन्दा बढी पुगेको छ । गत असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म कुल जगेडा कोष रकम ४ दशमलव ५२ प्रतिशत घटेको छ ।
गत असार मसान्तसम्म कुल जगेडा कोष रकम रू. १ अर्ब ९९ करोडभन्दा बढी थियो । कम्पनीले ६ महीनामा २३ दशमलव ४९ प्रतिशत बढी रू. २७ करोड ३६ लाख कर्जा सापटी लिएको छ भने आफ्ना सदस्यहरुलाई रू. २ करोड २२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको कर्जा प्रवाह १३३ दशमलव ९४ प्रतिशत बढी भएको हो । गत असार मसान्तसम्म कम्पनीले रू. ९५ लाखभन्दा बढी मात्र कर्जा प्रवाह गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २७ दशमलव १५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २५३ छ ।
प्रतिक्रिया