जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८र०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५६.२० प्रतिशतले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ११ करोड ९७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा १३ करोड ३ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषमा १४ करोड ९२ लाख रूपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ ।