रिडी हाइड्रोको नाफामा २३०० प्रतिशतको छलाङ, कसरी भयो नाफामा यति धेरै वृद्धि

रिडी हाइड्रोको नाफामा २३०० प्रतिशतको छलाङ, कसरी भयो नाफामा यति धेरै वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
कम्पनीले कमाएको यो नाफा गत आवको यसै अवधिको तुलनामा २३२४.३५ प्रतिशत धेरै हो । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक करोड ९३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले रैराङ हाइड्रोपावरको सेयर बिक्री गरेर अन्य आम्दानीबाट ६० करोड ८ लाख ८२ हजार नाफा कमाएपछि कम्पनीको नाफा उच्च बढेको हो ।

चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १६०.४८ रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको जगेडा कोष पनि २० करोड ४२ लाखबाट बढेर ४७ करोड १ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५.२२ प्रतिशत रहेको छ ।

कम्पनीले पुससम्म विद्युत बिक्रीबाट ३ करोड ८ लाख तथा बुटवल सोलारबाट ४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ९ लाख २२ हजार तथा बुटवल सोलारबाट १ करोड ५७ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच मर्जर सम्झौतापछि दुबै कम्पनीको हाल धितोपत्रको दोस्रो बजारमा कारोबार भने रोक्का रहेको छ ।