बजार घट्दा पनि अरुण भ्याली सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

बजार घट्दा पनि अरुण भ्याली सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार


 

बैंकिङ्ग समाचार, काठमाडौं ।
करोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४०.४७ अंकले घटेर २८३६.१७ विन्दुमा झरेको छ ।

घटेकोे बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने क्रम्पनीहरुको पहिलो नम्बरमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २ सय ८३ रूपैयाँको कारोबार भएको हो । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश. नेपाल लाईफ इन्स्योरेन्स, अपि पावर, नेशनल हाइड्रोपाव, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिनर्जी पावर, अरुण काबेली पावर, शिखर इन्स्योरेन्स र नेपाल टेलिकम रहेका छन् ।