नेप्सेमा आज उच्च अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्य मात्राले घट्यो

नेप्सेमा आज उच्च अंकको गिरावट, कारोबार रकम पनि उल्लेख्य मात्राले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर कारोबार मापन सूचकांक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ४०.४७ अंकले घटेर दुई हजार ८ सय ३६ दशमलब १७ विन्दुमा रोकिएको छ । त्यस्तै, आज नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । आज ५ अर्ब ८३ करोड ६४ लाख बराबरको कारोबार भएको छ । विहीबार ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको थियो । 

आइतबार अधिकांश जलविद्युत कम्पनीको शेयर खरिदविक्रीमा चाप देखिएको छ । अरुणभ्यालि हाइड्रोपावर, अपी पावर, अप्पर तामाकोशी जलविद्युत आयोजना लगायतका जलविद्युक कम्पनीको धेरै शेयर खरिदविक्री भएको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढिले बढेको छ ।   

त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको र बुद्धभूमि जलविद्युत र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ५४ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।