नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआईबिएल गज्जब ६ मुद्दती खाता’ सञ्चालन, निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने

नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआईबिएल गज्जब ६ मुद्दती खाता’ सञ्चालन, निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबिएल गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा  यो योजना ल्याएको हो । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ ।

निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने तथा यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने बैंकले जनाएको छ । न्यूनतम १० हजारमा खोल्न सकिने मुद्दती खाता खोल्न सकिने योजनामा निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने तथा सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म ऋण लिन पाइने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।