ज्योति लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्योति लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ २४ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे चौथो वार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।