मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले यो सूचना जारी गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र सहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केबर, धनुषामा सम्पर्क गर्न सक्नेछन् । 

उक्त समयमा संस्थापक शेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य ब्याक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।