बुटवल पावरको नाफा ३१ प्रतिशतले बढ्यो, इपिएस ११.१८ रुपैयाँ पुग्यो

बुटवल पावरको नाफा ३१ प्रतिशतले बढ्यो, इपिएस ११.१८ रुपैयाँ पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
बुटवल पावर कम्पनी लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा ३१.१२ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यहि अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्री आय र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

पुस मसान्तसम्म आइपुग्दा बुटवल पावरको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी वार्षिक ११.१८ रुपैयाँ छ । गत आवको यसै अवधिमा ९.३८ रुपैयाँ रहेकोमा १.८० रुपैयाँले बढेको हो ।

कम्पनीको अन्य इक्विटी ३ अर्ब ६४ करोड ८७ लाख १३ हजार रुपैयाँ छ । गत आवको यसै अवधमिा ३ अर्ब ९२ करोड ७८ लाख ५२ हजार रुपैयाँ रहेकोमा ७.०८ प्रतिशतले घटेको हो ।

कम्पनीको विद्युत बिक्रीको आम्दानी ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आवको यहि अवधिमा कम्पनी विद्युत बिक्रीबाट ३९ करोड ३ लाख २० हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आयको दोस्रो त्रैमासमा ८.४० प्रतिशतले बढेको हो ।

कम्पनीले यस अवधिमा अन्य स्रोतबाट २ करोड ६७ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी १ करोड ६३ लाख ९५ हजार रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २१२.४३ रुपैयाँ, र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.०६ गुणा छ ।