नेपाल लाइफको लाभांश घोषणा, लाभांश ८ वर्ष यताकै कम

नेपाल लाइफको लाभांश घोषणा, लाभांश ८ वर्ष यताकै कम


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल लाइफ इन्स्योन्स कम्पनी लिमिटेडको लाभांश घटेको हो, कम्पनीले पहिलो पटक विगत ८ वर्ष यताकै कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको माघ २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो आव २०७५/७६ बाट कम्पनीले चुक्ता पूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियाे । नेपाल लाइफको लाभांश अघिल्लो आवको तुलनामा ३६.२६ प्रतिशतले घटेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको उक्त लाभांश नियाम निकाय बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्तामा वितरण हुने छ ।