प्रिमियर इन्स्योरेन्सको २८औं साधारण सभा १५% लाभांश पारित गर्दै सम्पन्न

प्रिमियर इन्स्योरेन्सको २८औं साधारण सभा १५% लाभांश पारित गर्दै सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभा शुक्रवार प्रिमियर भवन नक्साल काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले १४ दशलमव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकारण सञ्चालक समितिलाई प्रदान गर्ने पस्ताव पनि पारित गरेको हो । 

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । कम्पनीले आ.व. २०७७/०७८ मा कूल बीमा शूल्क १ अर्ब ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४  हजार आर्जन गरेको छ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ ५ गतेदेखि २१ गतेसम्म बन्द गरेको थियो । यस आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।