बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाईफ इन्स्योरेन्सको तेह्रौ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । कम्पनीको साधारण सभा काठमाण्डौं मैतीदेवी स्थित एशियन लाईफ भवनमा २०७८ माघ २१ गते शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५०,२६,९०,१८१.८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी) वापत ४,०२,१५,२१४.५५ रुपैयाँ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६/०७७को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।
एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने निर्णय पारित गरेको छ । कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेप्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।
साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।
२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ सालपौष मसान्त सम्ममा ३० अर्ब रुपैयाँ जीवनबीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८÷७९ को पौष मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवाप्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।
प्रतिक्रिया