आइएमई जनरल इन्स्योरेन्सको १०ः४ हकप्रदमा आबेदन दिन माघ २७ गतेसम्म कायम शेयरधनीले पाउने

आइएमई जनरल इन्स्योरेन्सको १०ः४ हकप्रदमा आबेदन दिन माघ २७ गतेसम्म कायम शेयरधनीले पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ ।

कम्पनीले हकप्रद प्रयाेजनका लागि फागुन १ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन् ।

कम्पनीले १०:४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।