छिमेक लघुवित्तको नाफामा १९ प्रतिशतको गिरावट, ईपिएस पनि उल्लेख्य घट्यो

छिमेक लघुवित्तको नाफामा १९ प्रतिशतको गिरावट, ईपिएस पनि उल्लेख्य घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १९ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ६१ करोड ५४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २७ प्रतिशतले बढाएको लघुवित्तको २ अर्ब ३२ करोड ४१ लख रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ४२.८९ रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा ६७.१७ रुपैयाँ रहेको थियो ।

वित्तीय विवरण अनुसार पुस मसान्तसम्म कम्पनीले २४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थानबाट ६ अर्ब १३ करोड ९५ लाख रुपैयाँ सापटी गरी २८ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले १ अर्ब १२ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ७१ करोड १९ लाख ५५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको निक्षेप संकलन ९.२५ प्रतिशत, कर्जा लगानी १५.३८ प्रतिशत र खुद ब्याज आम्दानी भने १३.९१ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोष ३५.१४ प्रतिशत, सञ्चालन मुनाफा १९.०३ प्रतिशतले घटेको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ २०३.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.१३ गुणा छ । संस्थाको जगेडा कोषमा १ अर्ब २८ करोड १७ लाख रुपैयाँ र रिर्टेन अर्निङ्गमा १ अर्ब ७ करोड ७२ लाख रहेको छ । गत आर्थिक वर्षको ६ महिनामा रिजर्भमा १ अर्ब ९७ करोड रुपैयाँ र रिर्टेन अर्निङ्गमा १ अर्ब २२ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको थियो ।