स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार मध्यको ५ हजार ८१० कित्ता संस्थापक शेयर बाँडफाँट

स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार मध्यको ५ हजार ८१० कित्ता संस्थापक शेयर बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँट भएको छ । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको स्वामित्वमा रहेको उक्त शेयर विक्री खुला गरेको थियो ।

तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी माघ २० गते निष्कासन कम्पनी तथा विक्री प्रबन्धकको रोहबरमा खोली ५ हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । यो शेयरको शेयरको अंकित मूल्य न्यूनतम रू. ६५० तोकिएको थियो । 

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।