नाफा घटेसँगै घट्यो सपोर्ट लघुवित्तको ईपीएस

नाफा घटेसँगै घट्यो सपोर्ट लघुवित्तको ईपीएस


बैंकिङ्ग समाचार, काठमाडौं ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ९९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ३३ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिमा कम्पनीले रू. १ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी घटेकाले सञ्चालन नाफा घट्न गई खुद नाफामा असर पुगेको हो । 

गत वर्ष रू. ५ करोड १४ लाख कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ४४ लाखभन्दा यो आम्दानी गरेको हो । जसका कारण कम्पनीको सञ्चालन नाफा पनि ३७ दशमलव ३३ प्रतिशतनै कम भएको छ । गत वर्ष रू. २ करोड ५० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ५७ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ८५ करोड ८ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ७ दशमलव ११ प्रतिशत बढेर रू. ४ करोड ५ लाखभन्दा बढी पुगेको छ । गत वर्षभन्दा १३ दशमलव ८८ प्रतिशत बढी रू. ८९ करोड ९६ लाख कर्जा सापटी लिएको कम्पनीले ११ प्रतिशत बढी रू. १ अर्ब १६ करोड ३१ लाख कर्जा प्रवाह गरेको छ ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ रुपैयाँ ९० पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४ रुपैयाँ ८१ पैसा घटेर २३ रुपैयाँ ९ पैसा पुगेको छ ।

यस वर्ष कम्पनीको निक्षेप संकलन १० प्रतिशत बढेर रू. २३ करोड १४ लाखभन्दा बढी भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३ दशमलव ७४ प्रतिशत पुगेको छ ।