दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उच्च

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उच्च


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.५८ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ७५ विन्दुमा रोकिएको हो । त्यस्तै, आज नेप्से घटेपनि कारोबार रकम भने उच्च वृद्धि भएको छ । आज ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।    

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्यमा आज पोजेटिभ सर्किट लागेको छ  ।  

त्यस्तै, आरएउमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको  शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ ।