बैंकिङ्ग समाचार, काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी बढेर नाफा घट्दा त्यसको असर वार्षिक प्रतिसेयर आम्दानी (इपिएस)मा परेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशतले बढ्दा लघुवित्तको खुद नाफा २.४३ प्रतिशतले घटेको छ ।
यसको असरले लघुवित्तको गत आवको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी (इपिएस) ३१.७५ रुपैयाँबाट ११.०२ रुपैयाँ घटेर २०.७३ रुपैयाँमा खुम्चिएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४२.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०.३९ गुणा छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३ करोड ५५ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आवको यसैअवधिमा लघुवित्तले ३ करोड ६४ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ३६.०३ प्रतिशत, सापटी ५९.९२ प्रतिशत, निक्षेप ३४.२८ प्रतिशत र कर्जा लगानी ५५.२५ प्रतिशत, खुद ब्याज आम्दानी ८७.९७ प्रतिशत र सञ्चालन मुनाफा ४७३.४५ प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा आकर्षक बढेपनि बढेपनि गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा खराब कर्जा संकलन न्यून हुँदा नाफा घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ६६ लाख रुपैयाँ मात्र खराब कर्जा उठाएको छ ।
लघुवित्तले पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७३ करोड ९२ लाख सापटी तथा १ अर्ब ३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ९७ करोड ४४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
गत आवको यही अवधिमा खुद ब्याज आम्दानी ६ करोड २३ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३४ लाख ४३ हजार रुपैयाँमा सीमित थियो । चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषको आकार ३६.०३ प्रतिशत बढाएर १४ करोड ४८ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको यसै अवपधिमा रिजर्भमा १० करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको थियो।
लघुवित्तको खराब कर्जा अनुपात २.०९ प्रतिशत र कस्ट अफ फण्ड ८.२७ प्रतिशत छ ।
प्रतिक्रिया