हाथवे इन्भेष्टमेण्टले आइएमई जनरल इन्स्योरेन्सको सर्वसाधारण शेयर बेच्दै

हाथवे इन्भेष्टमेण्टले आइएमई जनरल इन्स्योरेन्सको सर्वसाधारण शेयर बेच्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले हाथवे इन्भेष्टमेण्ट नेपाललाई आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर विक्री गर्न अनुमति दिएको छ । हाथवे इन्भेष्टमेण्ट नेपालले आफ्नो नाममा रहेको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको  २ लाख ९ हजार ८०९ कित्ता सर्वसाधारण शेयर विक्री गर्न बीमा समितीले अनुमति दिएको हो ।

तिन महिनाको अवधिमा कम्पनीको नाममा रेहेका उक्त शेयर विक्री गरी जानकारी गराउन समितिले निर्देशन गरेको छ । अव कम्पनीले बीमा समितीबाट शेयर विक्री गर्न अनुमति पाएसँगै उक्त शेयर विक्री प्रत्रिया अगाडि बढाउनेछ । मंगलवार दोस्रो बजारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १५८ मा कारोबार भएको थियो ।